क्रिकेट रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाकाे ३० लाख सहयोग


२०७६ पुस २२ - चितवन - चितवन जिल्लाकाे भरतपुरमा निर्माणा धिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौंडा उप-महानगर-पालिकाले तीस लाख (३०,००,०००/-) रुपैयाँ आर्थिक सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले रंगशाला निर्माणस्थलमै पुगेर अाज रू ३० लाख रुपैयाँको चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गर्नु भएकाे हाे । याे संगै हेटौंडा उप-महानगरपालिका रंगशाला निर्माण कार्यमा आर्थिक सहयोग गर्ने पहिलो स्थानीय तह भएकाे छ ।

गत सोमबार रंगशालाको अवलोकन गर्न पुगेका महतले तत्कालै निर्णय गराएर साे रकम हस्तान्तरण गरेका हुन । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष समेत रहेका सिताराम कट्टेल (धुर्मस) ले नेपालका सबै जिल्लाहरूको प्रतिनिधित्व हुने गरी रंगशालामा कक्षहरु बनाइने हुँदा सबै जिल्लाका संघसंस्था, नागरिक, र स्थानीय तहको सहयोग आवश्यक रहेकाे बताएका छन ।

केही समय अगाडी रंगशाला निमार्णकाे लागी भरतपुर महा-नगरपालिकाले पनी ६ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेकाे थियाे । तर साे रकम फाउण्डेसनले प्राप्त गरेकाे छैन यध्यपी साे रकम दिने प्रक्रिया अघि बढिसकेकाे भरतपुर महानगरले जनाइसकेकाे छ । त्यसै गरी प्रदेश ३ सरकारले पनी क्रिकेट रंगशालाका निमार्णका लागि रू ५ करोड दिने घोषणा गरीसकेकाे छ साथै घोषणा गरेको रकम भरतपुर महानगरपालिकाको खातामा पठाएको जनाएकाे छ । हाल सम्म चितवनका अन्य स्थानीय तहले भने अहिलेसम्म रकम दिने अाधिकारिक घोषणा गरिसकेका छैनन तर देशकै गाैरबकाे कार्य भएकाे हुदन धुर्मुस भने ढिलाे चाडाे सबैकाे सहयाेग मिल्नेमा बिश्वस्त भएका छन ।