नेपालमा सुनकाे भाउले राख्याे ऐतिहासिक रेकर्ड


२०७६ पुस २३ - काठमाण्डाै - नेपालमा सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेकाे छ । हिजाे मङ्गलबार सम्म ताेलामा रू ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरी एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन यो मूल्य अहिले सम्मकै महँगो भएकाे हाे ।

यस्तै चाँदी पनि बुधबार ताेलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् । लगनको समय आउँने बेलामा भाउ अकासिएपछि सुनको कारोबारमा प्रभाव परेसंगै ब्यबासायीहरूले चिन्ता ब्यक्त गरेका छन । सुनकाे मुल्य अाकासिय पछी सुन किन्ने भन्दा बिक्री गर्नेहरू बढेकाे महासंङले जनाएकाे छ ।