रहेनन विश्व कीर्तिमानी खगेन्द्र थापा मगर । हार्दिक श्रदान्जली !!!


२०७६ माघ ३ - पोखरा - बिश्वकै हाेचा ब्यक्तिकाे रूपमा नेपालकाे तर्फबाट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल खगेन्द् थापा मगरकाे देहान्त भएकाे छ । स्वास्थ्यमा समस्या भएपछी लामाे समय देखी उपचार गराइरहेका विश्व कीर्तिमनी खगेन्द्र थापा मगरको पोखरामा स्थित मणिपाल शिक्षण अस्पतालमा शुक्रवार दिउँसो निधन भएको हाे । चिकित्सकका अनुसार उनको शरिरमा हेमोग्लोबिनको मात्रामा कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या रहेकाे थियाे ।

मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा (आइसियु) मा भर्ना भएका थापा मगरको आज दिउँसो करिब ३ बजे मृत्यु भएको हाे । बाग्लुङ धुल्लुवासकोट ६ का ५७ सेन्टिमिटर उचाइ रहेका खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारणले करिब ६ महिना पछि मात्र उनले आधिकारिक रुपमा प्रमाणपत्र पाएका थिए । जन्मदा ६०० ग्राम ताैल रेहकाे खगेन्द्रकाे हालकाे ताैल ५.५ किलोग्राम रहेको थियाे ।