चलचित्र “मारांङ” छायाकंन अन्तिम चरणमा


२०७६ माघ ४ काठमाडौँ - मगर सस्कृतिमा अाधारित चलचित्र मारांङ को फस्ट लुक सार्बजनिक भएकाे छ । सुनारी फिल्मसकाे ब्यानरमा निर्मित चलिचत्र मराङकाे एक कार्यक्रम विच पोष्टर सार्वजनिक गरिएको हाे । तुल रुपा सारु मगरको निर्माण रहेकाे चलिचत्रलाइ बुद्धया सुनारी मगरले निर्देशन गरेका हुन । चलचित्र निर्माण युनिटले चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको पुर्वसन्ध्यामा पोष्टर सार्वजनिक गरेकाे हाे ।

नेपाली समुदायको ग्रामिण क्षेत्रमा रहेको मगर संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने सन्देश यस चलचित्रले दिन खोजेको निर्देशक बुद्धया सुनारी मगरले बताउनुभयाे । चलचित्र मराङ पाल्पा जिल्लाको पुर्वि भेगमा अवस्थित निस्दी गाउँपालिका सेरोफेरोमा छायाँकन गरिएको हाे । अहिलेकाे समयमा नेपाली समाजमा विदेशी संस्कृतिले प्रभाव जमाईराखेको अवस्थामा, युवा पुस्ताहरुमा आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु पर्ने र मौलिक संस्कार रितिरीवाज लाई जोगाई राख्ने उदेश्यका साथ चलचित्र मराङ निर्माण गरिएको निर्देशक तथा लेखक बुद्धया सुनारी मगरले जानकारी दिनुभयाे । याे पनी हेर्नुस मगर चलिचत्र लर्फु :