Tiktok गेममा प्रथम बनिन स्याङजाकी समीक्षा सारूमगर


२०७६ माघ १२ आइतबार - सामाजिक सञ्जाल online फेसबुक मार्फत "मगर संसार (magar sansar)फोटो ग्यालरी ग्रुप"भित्र गत माघ ६ गते देखि #पहिलो_चरण र #दोस्रो_चरण गरि 2 चरणमा खेलाईएको "खुल्ला मगर भेषभूषामा सजिएको मौलिक #टिकटक भिडियो #प्रतियोगिता २०७६"मा १६१ प्रतियोगीलाई पछि पार्दै स्याङजा, वालिङकी समीक्षा सारू मगर प्रथम हुन सफल भएका छन ।


समीक्षाले 6.3k+मत प्राप्त गरी प्रथम स्थान हासिल गर्नु भएकाे हाे । त्यसै गरि स्याङजा,ज्याग्दी खोलाका हाल बसाई बुटवलमा रहेकी पूजा चितौरे रानाम गरले 3.2k+ मत(लाइक) प्राप्त गरी दोस्रो हुन सफल हुनुभएकाे हाे ।


त्यसै गरि तेस्रो हुन सफल तीन बर्षीय सानी नानि घर म्याग्दी, देबिस्थान हाल जापान बस्नुहुने यूमिको फगामी मगरले 3.1k+ मत प्राप्त गर्नु भएकाे थियाे ।


#पहिलो_चरणको_खेल माघ ६ गते देखि ९ गते सम्म सञ्चालन गरि ३ दिनको भोटिंग समय छुत्याई 2k प्लस like ल्याउने प्रतियोगीलाई फाइनल चरणमा लगिएको थियो। र #फाइनल_अन्तिम_चरणको_खेल माघ १० गते देखि १२ गते सम्म संचालन गरिएको थियो। नतीजा tiktok भिडियोको पोस्टमा आएको like को आधारमा छुत्याइएको थियो। भाषा कला संस्कार संस्कृतिलाई संरक्षण गर्न र भाबी पुस्तालाई हस्तांतरण गर्ने काम अबको मगर युवा बर्गमा आई परेकोले यस्ता सामाजिक संजालको माध्यम बाट खेलाइएको online गेमले मगर समुदायलाई केहि हद भएपनी फाइदा पुग्ने खेल संयोजक तथा मगर संसारका संस्थापक अनिल लामिछाने मगरले बताउनु भयाे। पुरस्कार भने १ बिजेतालाई मात्र रु.१५,५००/- र मायाको चिनो राखिएको थियो। पुरस्कार सौजन्य रामेछाप मगर संघ उपाध्यक्ष तथा सामजसेबी हाल ktm बसुन्धरा बस्नुहुने प्रनिस आले मगरले गर्नुभएको थियो। प्रथम हुन सफल टिकटक भिडियाे :

संस्थापक/खेल संयोजक:- अनिल लामिछानेमगर

एडमिनहरु:- राज थापा रंजु बडकौली मगर, रेहना मगर मन मास्की रानामगर, बिखर्ची रोकामगर, Mb मगर, Sbs पाल्पाली मगर, Laxmi आलेमगर, सुनिता थापा, आयुष्मा मगर, स्मारिका सोती मगर, प्रेम सिंजाली मगर, सपना थापा मगर, मगर संसार फोटो ग्यालरी एडमिन परिवार