मिडिया काउन्सिल विधेयक माथि दफाबार छलफल


२०७६ माघ ३ काठमाणडाैं - राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यबस्थापन समितिमा नेपाल मिडिया काउन्सिल विधेयक माथि दफाबार छलफल शुरु भएको छ । जसमा साे मिडिया काउन्सिल विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुबैका तर्फबाट संसोधन प्रस्ताबहरु पनि दर्ता भएका छन् । २०७५ साल वैशाख २७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद सचिवालयमा दर्ता गर्नु भएको विधेयक गत भदौ १२ गते राष्ट्रिय सभामा टेबुल भएको थियो ।

नेपाल प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको विधेयकमा प्रेस काउन्सिलको नाम परिवर्तन गरी ‘मिडिया काउन्सिल’ बनाउने प्रस्ताव गरिएको हाे । आजको छलफलमा छलफलमा संसोधनकर्ता सासंदहरुले विधेयकको प्रस्तावनामा स्वायत्त स्वतन्त्र र स्वनियम भन्ने शब्द थप्न पर्ने धारणा राखेका थिए ।नया मिडिया बिधयकमा काउन्सिल सजायको व्यबस्थाले प्रेस सवतन्त्रतामा अंकुश लाग्न नहुने तर्फ ध्यान दिनुपर्ने र मिडियालाई मर्यादित बनाउन स्वनियमको व्यबस्था राख्न उपयुक्त हुने अधिकांसकाे धारणा रहेकाे थियो ।