MCC काण्ड : नब निर्वाचित सभामुखले यसाे भने अब के हाेला ?


२०७६ माघ १४ - काठमाडौं -   नब निर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाले अमेरिकन सहयाेग रहने परियाेजना  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हाल नेपालमा ब्यापक बहस भइरहेको भन्दै  साे परियाेजना पास गर्न कुनै  हतार गर्न नहुने  प्रतिक्रिया दिएका छन। सञ्चारकर्मीहरुले  सपथ ग्रहण गरे लगतै   सापकोटालाई एमसीसीबारे प्रश्न गरेका थिए । जवाफमा सापकोटाले भने, यसबारे  देशमा बहस निकै छेडिएको छ । जब बहस छेडिन्छ, निचोड निकाल्नुपर्ने हुन्छ । सबैले  अध्यनन गर्दै जाउँ र निचाेड निकालाै अहिले  यसलाइ हतार  किन हतार गर्नुपर्‍यो र ? एमसीसी बारे सत्तारुढ दल ने भित्र पनी मत बाझिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पास गर्नु पर्ने राय राखिरहेका छन भने अन्य नेताहरुले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको आशंका गरी फरक मत राख्दै अाएकाछन । केही दिन अगाडी गृहमन्त्री राम ब. थापा बादलले समेत साे परियाेजना बारे फरक मत राख्नुभएकाे थियाे ।