चर्चरे- कोलडाँडा जोड्न तिनाउ खोलामाथि पुल बनाउइदै


२०७६ पुष २२ काठमाडौं - सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा जिल्ला को चर्चरे–कोलडाँडा जोड्न तिनाउ खोलामाथि पुल निमार्ण कार्य सुरु भएको छ । प्रदेश नं ५ सरकारको ७ करोड ९९ लाख रुपैंयाको लगानीमा पुल बन्न लागेको हो । पुल निर्माणको शिलान्यास गर्दै प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पुल बनेपछि त्यस क्षेत्रका नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आउने बिश्वास लिएकाे बताउनुभयाे ।

करिब ६२ दशमलव ९५ मीटर लम्बाई र ११ मीटर चौडाईको हुने पुलको निर्माणकार्य दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको हाे । पुल बनेपछि सिद्धार्थ राजमार्गको १७ किलोमिटर दुरी छोटो हुनुका् साथै पाल्पाको माथागढी, तानसेन, रम्भा, बगनासकाली, रामपुर र स्याङ्जा र कास्की जिल्लाका नागरिकलाई समेत यात्रा गर्न सहज हुने बताइएकाे छ ।