अष्ट्रेलियाको डढेलो अझै पनी नियन्त्रण बाहिर ! संकटकालको घोषणा


२०७६ माघ २० काठमाडौं : अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा गत सेप्टेम्बर महिना देखि लागेको डढेलो अझै पनी नियन्त्रणमा आउन सकेको छैन । बर्षात भएको र तापक्रम घटेकोले आगोको प्रभाव केही कम भएको भएपनि क्षति भने बढिरहेको एजेन्सीहरूले बताएका छन ।

निरन्तर दनदनी दन्किरहेको आगो निभाउने प्रयास विफल हुँदा राजधानी क्यानवेरा रहेको राज्यको २० प्रतिशत बढी भू-भाग पुरै जलेर रूखाे भएको छ । राज्यमा अस्ति बाट संकटकालको घोषणा समेत गरिएको छ । राजधानी वरपर बस्ने स्थानीयहरुलाई ठाउँ खालीगर्न ढिलो भइसकेको भन्दै तत्काल अन्यत्रै जान भनिएको छ । अधिकारीहरुले आगो बढ्दै आएको अवस्थामा निभाउन र पिउनका लागि पानीको जोहो गर्न आग्रह गर्दै प्रभावित क्षेत्र र नजिकैका स्थानीयलाई आफ्नो घरको वाथटव, बाल्टिन, सिङ्क लगायत भाँडाहरु मा पानी भरेर राख्न भनेका छन् । नामाड्गी राष्ट्रिय निकुञ्जमा अहिले पनि बलिरहेको वन डढेलोले ३३ जनाको ज्यान लिइसकेको छ भने सवा करोड हेक्टर बढी जमिन उजाड बनाइसकेकाे छ ।