चीनबाट ल्याउने नेपालीलाई खरिपाटीमा राखिने । गरे स्थानीयले बिराेध


२०७६ माघ २८ काठमाडौं - यतिबेला चीनबाट फैसन सुरू भएकाे काेराेना भाइरसकाे डर त्रास बिश्वभर छ । चीनको वुहान बाट नेपाल फर्काउन लागिएकाे नेपालीहरूलाई बिशेष निगरानीमा राख्नका लागि भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराइएको छ ।

तीन दिन अघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकाेमा त्यो अपुग रहेको भन्दै हिजो क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशकको क्वार्टर समेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सह-निर्देशक केशवराज ओलीले जानकारी दिनुभयो । चीन बाट फर्काइएकामध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरी व्यवस्थापन गरिएको छ । पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै स्थानीय बासिन्दाले भने विरोध गरेका छन् । क्वारेन्टाइन स्थापना गर्न भौतिक संरचनाको व्यवस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताइएको छ ।