बैशाख देखि काठमाडौं महानगरमा रात्रि बस संचालन हुने


२०७६ फागुन १ काठमाडौं - काठमाडौँ महानगर पालिकाले आउदाे २०७७ सालकाे वैशाख महिना बाट रात्रिकालीन सार्वजनिक यातायात बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ महानगर पालिका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकार वालासँग को बैठकले साे निणय गरेको हो । जसअनुसार नयाँ वर्षको शुरुआत सँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा संचालन हुनेछन । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई पनि सहयोग होस् भन्दै काठमाडौँ महानगर पालिकाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागीपरेकाे हाे । विगतमा २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिना पछि सेवा बन्द भएको थियो । बैठकले पहिलो चरणमा रत्नपार्क लाई जकसनकाे रूपमा केन्द्रित गरी छिमेकी नगर पालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पुरयाउने गरी १५ रुट बनाएर सेवा दिने निर्णय गरेको हाे ।