वाइडबडी जहाज'को क्वारेन्टाइन अवधि पुरा, आजै'बाट नियमित उडानमा लाग्ने


२०७६ फागुन ६ - काठमाडौं - को'रो'ना भाइरस कोभीड-१९ सङ्क्रमित चीनको वुहान शहर'बाट उद्धार गरिएका नेपालीहरु'लाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले क्वारेन्टाइन अवधि पुरा गरेको छ ।

आज मंगलबार विहान'बाट विमानको ४८ घण्टे क्यारेन्टाइन अवधि पुरा भएको हो । यो संगै अब विमान'लाई नियमित उडानमा प्रयोग गर्न सकिने भएको छ। आज विमानलाई पूर्ण रुपमा सफा गरी राती'बाट नियमित उडानमा ल्याइने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिएका हुन । कोराना भाइरसको उद्गमस्थल वुहानबाट १७५ जना नेपालीलाई उद्दार गरेर ल्याए पछि जहाजलाई ‘रिमोर्ट पार्किङ वेमा’ ४८ घन्टा क्वारेन्टाइनमा राखिएको थियाे । जहाजलाई विश्व स्वास्थ्य संगठन को मापदण्ड अनुसार नै नियमित उडानमा ल्याउन लागेकाले सुरक्षाको विषयलाई लिएर चिन्ता लिनु नपर्ने वायु सेवाका प्रवक्ता खड्काले बताउनुभयो । वुहानबाट नेपाली लिएर जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।