काेराेना महामारी : नेपालले चीनमा पठायो १२ हजार मास्क !


२०७६ माघ २० - काठमाणडाै - चीनबाट सुरू भएकाे नोवल कोरोना भाइरस उग्र रूपमा फैलिएका कारण सुरक्षाका लागि चीनमा मास्कको माग ह्वात्तै बढेकाे छ ।

यस कारण ‘नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्री’ले चाइनाको तिब्बेत च्याम्बर अफ बोर्डर ट्रेडलाई सहयोग स्वरुप १२,००० थान मास्क चीन पठाएको छ । चीनकाे एक प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत खतरा हुनसक्ने सम्भावना रहेकोकाे हुदा भन्दै इन्डष्ट्रीले साे सहयोग गरेको जनाएकाे छ । चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न व्यापारिक, आर्थिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ। याे पनी हेर्नुस: कोरोना भाइरसको संक्रमण अझ बढ्दो । ३०४ काे ज्यान गयाे ...२०७६ माघ २० काठमाडौं - चीनमा देखा परेको कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्ने क्रम नरोकिए'पछि चीनसँग नजिकको सीमाना रहेका विश्वभरिका मुलुकहरुले आफ्नो सीमा नाका बन्द गरेका छन् ।

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाले यही डिसेम्बरमा भाइ'रसको संक्रमण देखिएय ता चीनको भ्रमण गरेका सम्पूर्ण विदेशी पर्यटकहरुलाई आफ्ना मुलुकमा प्रवेश गर्न रोक लगाएका छन् । यस अघि नै रुस, जापान, पाकिस्तान र इटलीले यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन् । तर विश्व स्वास्थ्य अधिकारीहरुले भने यात्रा प्रतिबन्धले थप नोक्सानी पुग्ने भन्दै त्यस्तो व्यवस्था नगर्न सुझाव दिएका छन् । यात्रा प्रतिबन्धले सूचनाको आदानप्रदान, स्वास्थ्य सामग्रीको आपूर्तिका साथै अर्थतन्त्रमा नै असर पर्ने भन्दै यात्रा प्रतिबन्ध उत्तम विकल्प नभएको विश्व स्वास्थ्य अधिकारीहरुको भनाई छ । विश्व स्वास्थ्य संगठनले यात्रीहरुले सीमा पार गरेसँगै भाइरसको संक्रमण फैलिने भएकाले सीमा नाकाहरु'मा अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ ।

चीनले विश्व स्वास्थ्य संगठन'को सुझाव विपरित चीन भएर यात्रा गर्नेह'रुलाई यात्रा प्रतिबन्ध लगाइएको प्रति आलोचना गरेको छ । हालसम्म नोबल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनकाे संख्या ३०४ पुगेको छ । यस मध्ये २९४ जनाको चीनको हुबेई प्रान्तकाे ले माध ज्यान गुमाएका छन । हुबेईमा शनिबार मात्रै ४५ जना भन्दा बढीको ज्यान गएकाे छ । सो प्रान्तमा एक दिनमा भाइरस संक्रमित हुने नयाँ विरामीको संख्या १ हजार ९ सय २१ रहेको त्यहाकाे सरकारी टेलि-भिजनले जनाएको छ । हालसम्म १३ हजारमा भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जस मध्ये चीन बाहिर १ सय जना संक्रमित रहेका छन् । पछिल्लो समय बेलायत, अमेरिका, रुस र जर्मनीमा पनि कोरोना भाइरसबाट संक्रमित फेला परेको पुष्टि भएको छ ।