शिक्षक दरबन्दी न्यून हुँदा समस्या


२०७६ फागुन ९ राेल्पा - प्रदेश ५ काे रोल्पामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदासामुदायिक विद्यालय सञ्चालनमा समस्या भएको छ । शिक्षक दरबन्दी अपुग हुँदा तल्लो तहका शिक्षकहरुले माविसम्म अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ भने विद्यार्थीहरु गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित हुदैं आएका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिकामा ८ वटा माध्यामिक विद्यालय छन तर ती ८ वटै मा एउटा पनि मावि तहको शिक्षक दरबन्दी छैन् । मावि तहको दरबन्दी नहुँदा धेरैजसो विद्यालयले तल्लो तहका शिक्षकबाट अध्यापन गराइरहेका छन् भने केहिले निजी स्रोतबाट शिक्षक राखेका छन् । शिक्षक दरबन्दी अभावका कारण यहाँका बालबालिकाहरु गुणस्तरीय शिक्षा पाउनबाट बञ्चीत हुँदै आएका छन् । रोल्पामा ४ सय ७ वटा सामुदायीक बिद्यालय रहेकोमा २ सय बढि बिद्यालयमा एउटा पनि शिक्षक दरबन्दी छैन । जम्मा १३ सय ५८ शिक्षक दरबन्दी रहेको रोल्पामा विद्यार्थी अनुपातमा अझै थप ११ सय ५८ शिक्षक दरबन्दी अपुग रहेको छ । उसो त पहाडी जिल्ला भौगोलिक हिसाबले पनि विद्यालयको पहुँचमा पुग्नै मुस्किल भइरहेको बेला विद्यालयमा पुग्ने बालबालिकाहरुले पनि गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको छ ।