मगर गुमुस्ठा ,( मगरको काट छान्म नुङ्के लाम ) आयोजित मगर भाषा - मौलिक भेषभुषा एकल फोटो प्रतियोगितामा पोखराका इन्जु थापा मगर पहिलाे बनिन


२०७६ फागुन १३ ३८औं मगर एकता दिवस २०७६ को अवसर पारी सामाजिक संजाल (फेसबुक ग्रुप) मगर गुमुस्ठा ,( मगरको काट छान्म नुङ्के लाम ) ग्रुपका सस्थापक केशव खाम्चा मगर र एड्मिन परिवारले आयोजना गरेकाे मगर भाषा सहित मौलिक पहिचान भेषभुषा एकल फोटो प्रतियोगिता मा पोखराका इन्जु थापा मगरले कुल भोट 1.9K लाइक प्राप्त गरी प्रथम स्थान हासिल गर्नु भएकाे छ ।

त्यसै गरी धादिङका अमिसा मगर जम्मा , 1.6K भोट प्राप्त गरी दाेस्राे हुनुभएकाे छ ।

त्यसै गरी 1.4K भाेट प्रराप्त गरी थवाङ रोल्पाका राम्जिता मगर्नी र गोर्खाका एलिना आले मगर ले तृतिय स्थान हासिल गर्नु भएकाे हाे ।

साे प्रतियाेगितामा ६० जना ले सहभागिता जनाउनुभएकाे थियाे । राम्जिता मगर्नी र एलिना आले मगर ज्यु को भोट Like दुबैकाे बराबर भएको ले सान्त्वना नराखी दुबै जनालाई तेस्रो स्थानमा राखी बराबर मायाको चिनो र पुरस्कार दिने मगर गुमुस्ठा ,( मगरको काट छान्म नुङ्के लाम ) एड्मिन परिवारले निर्णय गरेकाे थियाे ।

भाषा , भेषभुषा र संस्कार संस्कृतिलाई संरक्षणमा याेगदान पुर्रयाउने उदेश्यले सामाजिक सञ्जाल फेसबुक मगर गुमुस्ठा ,( मगरको काट छान्म नुङ्के लाम ) भित्र भाषा सहित मौलिक पहिचान भेषभुषा एकल फोटो प्रतियोगिता सञ्चालन गरिएको मगर गुमुस्ठा ,( मगरको काट छान्म नुङ्के लाम ) ग्रुपका सस्थापक केशव खाम्चा मगर ले बताउनु भयाे । - मगर गुमुस्ठा ,( मगरको काट छान्म नुङ्के लाम ) एड्मिन परिवार : - कुमारी सारु मगर, जिबु मगर्नी आर्मित्मा थापा मगर, उमा बलाल मगर , मगरभाषा लिपि प्रशिक्षक, दिनेश मगर , प्रकाश पुन मगर, रेशम राना मगर, टेक राना मगर, प्रसान्त ढेङ्गा थापा मागर, नारद राम्जाली बुढा मगर, केशव खाम्चा मगर