प्रम ओलीले बजाए बाँसुरी, खनाल र नेपाल सारङ्गी रेटेपछी....


२०७६ माघ २१ - काठमाडौं - प्रम ओलीले तथा नेकपाका बरिषठ नेताहरू बाध्यबाधन बजाउदै गरेकाे फाेटाे संजालमा भाइरल भैैरहेकाे छ । साे फाेटाे प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा रात्रि भोज आयोजना गरेकाे बेलाकाे हाे ।

केही दिन अघि बालुवाटारमै नेकपाका सांसदलाई भोज दिएका ओलीले एक 'सारंगी साँझ' को आयोजना गरेका थिए । मन्त्रिपरिषद्का सदस्य, ९ जना सचिवालय सदस्य, र नेकपाकै केही नेता तथा पूर्व प्रधानमन्त्री हरू लाई निम्त्याइएको साे कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँसुरी समेत बजाएका हुन त्यसै गरी भुपु प्रम द्वय झल-नाथ खनाल र माधव कुमार नेपाल ले सारंगी रेटेर प्रधानमन्त्री ओली लाई साथ दिएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले र बीच एकता पछी बनेको नेकपा को माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठक पछि ओलीले नेताका लागि निरन्तर भोजको आयोजना गरिरहेका छन। माघ १९ गते राति सांसद र पार्टीका केन्द्रीय सदस्यहरु लाई रात्रि भोज दिएल गत्तै ओलीले बालुवाटार मा अर्को राजनीतिक जमघट गरेका थिए । कार्यक्रममा साहित्यकार कलाकार र पत्रकारहरुको समेत उपस्थिति रहेकाे थियो।