भू-माफिया तर्साउन साइनबोर्ड अभियान !


२०७६ फागुन ०५ काठमाडौं - नेपाल सरकारले सार्वजनिक तथा सरकारी जग्गा बारे आम नागरिक लाई जानकारी गराउने अभियान सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालको उपस्थितिमा जग्गामा सरकारी ‘साइन बोर्ड’ गाडिएको छ । बोर्ड हेर्ने बित्तिकै सरकारी जग्गा लेखेको देखे पछि भूमाफियाबाट सम्भावित खरिद बिक्री रोकिने उद्देश्यले यो अभियान सुरु गरिएको जनाइएकाे छ ।

सरकारी टोलीले हिजो काठमाडौका केही ठाउँमा साइन बोर्ड राख्ने काम गरेको हो । कतिपय जग्गामा केही पक्की संरचना बनाइएको र केही कच्ची टहरा निर्माण भएको पाइएको छ । सरकारले अहिलेसम्म विभिन्न जिल्लाका २६४ बिघा जग्गा संरक्षण गरिसकेको जनाएको छ । कलङ्की, डिल्लीबजार र चावहिलको मालपोत कार्यालयले सरकारी जग्गाको अभिलेख तयार गरिरहेका छन् । डिल्लीबजार कार्यालयले धेरै ठाउँको पहिचान गरिसकेकाले सरकारले भौतिकरूपमै जग्गा संरक्षण थालेको हो ।