प्रतिबेदन पछि मात्र एमसीसी को निर्णय हुन्छ - प्रचण्ड


२०७६ माघ २३ काठमाडौं- भुपु प्रम तथा सत्तारूद दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अमेरीकी सहयोगका रुपमा आएको एमसीसी का बारेमा गहन रूपमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्न गठन भएको कार्यदलको प्रतिबेदन अनुसार नै अघि बढिने बताएका छन ।

बिहिबार प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ३ सदस्यीय कार्यदलको प्रतिवेदन आए पछि मात्र एमसिसी पारित गर्ने वा नगर्ने भन्नेबारे फेरि पार्टीको बैठकमा बिशेष छलफल गरेर राष्टकाे हित अनुरूप मात्र टुंगो लगाइने बताएका छन । अध्यक्ष दाहालले नेपाल भारतबिच सिमाको बिषयमा नेपाल सरकारले छलफलका लागि पत्राचार गरेको र भारतर्फ बाट छलफलमा बस्ने सकारात्मक पत्र आएको र सिमा बिबाद पनी छलफल बाटै टुंगो लगाइने बताएका छन ।