भारी बर्षा भएपछी अस्ट्रेलियाकाे खुशीयाली डढेलो निभ्यो तर अर्काे बिपत सुरू


२०७६ माघ २६ - काठमाडौं - अष्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा भारी मात्रामा वर्षा भएको छ । मुसलधारे वर्षा पछी अष्ट्रेलियाको राजधानी सिड्नी सहित अधिकांश भु-भाग जलमग्न भएका छन् । शनिबार रातिको वर्षा दुई दशकयताकै सबै भन्दा ठूलो मापन गरिएको एजेन्सीहरूले बताएका छन् । घनाघाेर पनी परेपछी सडकहरु पनी जलमग्न भइ यातायात सेवा प्रभावित भएको छ भने कतिपय क्षेत्रका बासिन्दा विद्युत सेवाबाट पनि बञ्चित भएका छन् । न्यु साउथवेल्स राज्यमा गत बुधबारदेखि नै पानी परिरहेको बताइएकाे छ । शनिबार रातिको भारी वर्षाका कारण झण्डै पाँच हजार हेक्टर वन क्षेत्र सखाप पारेको ठूलो डढेलो भने पुर्ण रूपमा निभेको बताइएको छ ।

डुबान क्षेत्रमा एक व्यक्ति पौडिँदै फास्टफुड रेष्टुरेन्टमा पुगेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । उत्तरी सिड्नी र रिचमण्डको होचो भूभागमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । जलसतह बढेर उत्तरी रिचमण्ड पुललाई छोए पछि त्यहा बाट आवत-जावत गर्न रोक लगाइएको छ ।

आइतबार दिउँसोबाट सिड्नी, सेन्ट्रल कोस्ट, हन्टर, ब्लु माउन्टेन्स र इलवारा क्षेत्रमा विद्युत सेवा बन्द भएको छ । बिजुली नहुँदा त्यहाँका हजारौं बासिन्दा समस्यामा परेका छन् । हावा हुरी मेघ सहितको वर्षाका कारण सडक किनारको रुख ढल्दा एउटा कार थिचिएको तस्वीर न्यु साउथवेल्सको एम्बुलेन्स सेवाको ट्वीटर ह्याण्डल बाट सार्वजनिक भएकाे थियाे छ । सो घटनामा चार जना घाइते भएकाे खबर छ। उनीहरुको गर्धन र ढाडमा चोट लागेको अधिकारीहरूले बताएका छन । मौसमविदहरुले त्यहाका नागरिकहरूलाइ भारी वर्षा र बाढीका कारण अष्ट्रेलियाको स्थिति खतर-नाक हुन-सक्ने चेतावनी दिँदै पूर्वसतर्कता अपनाउन सुझाएका छन ।