मगर संसार ग्रुपमा भेषभूषाको बिजेता बनिन ओखलढुंगाकी सरू रानामगर


अनिल लामिछानेमगर (कोरिया) २०७६ फागुन ११ - अनलाइन सामाजिक सञ्जाल फेसबुकमा "मगर संसार(Magar Sansar)फोटो ग्यालरी ग्रुप" भित्र ३८ औ मगर एकता दिवसको अवसर पारी यही फागुन ६ गते देखि फागुन ११ गते सम्म दुइ चरण गरि खेलाईएको "सिंगल पुरूष/महिला भेषभूषा फोटो प्रतियोगिता २०७६" मा २५९ जना मगर प्रतियोगि लाफाहरु लाई पछि पार्दै ओखलढुंगा जिल्ला सिद्धिचरण -८,लग्लगे हाल साइप्रसमा बस्नुहुने सरू रानामगरले भेषभूषाको गेम जितेका छन। साे प्रतियाेगिताकाे नतीजा फोटोमा आएको like को आधारमा घाेषणा गरिएकाे थियो। टाेटल प्रतियोगी २६० जना मध्ये बाट सरूको फोटोको पोस्टमा सबै भन्दा बढी 4.3k like आएको थियो। सरुले पुरस्कार स्वरूप मौलिक पहिचान बोकेको खुर्पेटो घडी + किरिङ + मायाको चीनो प्राप्त गर्ने भएका छन। प्रथम पुरस्कार सौजन्य लाफा नबीन थापा मगर( चितवन)बाट गर्नुभएकाे थियो। त्यसै गरि दोस्रो हुन सफल धादिङकी हाल ktm बस्नु हुने रेखा थापा मगरले हात पारेका छन। उहाको पोस्टको फोटोमा 3.9k लाइक आएको थियो। रेखाले पुरस्कार स्वरुप मौलिक पहिचान बोकेको खुर्पेटो घडी र मायाको चीनो प्राप्त गरेका छन। जून पुरस्कार सौजन्य गुल्मी जिल्ला कालीगण्ड-७ की हाल अमेरिका बस्नुहुने सम्झना थापा मगरले गर्नुभएको थियो। त्यसै गरि तेस्रो स्थान भने ७ बर्षीय स्याङ्जा वालिङकी समीक्षा सारू मगरले जितेका छन। उहाको मत 3.5k आएको थियो। सान्तवना भने गोर्खा हाल ktm बस्नुहुने सीता थापा मगरले हात पारेका छन । उहाँले 3.1k मत प्राप्त गर्नु भएकाे थियाे। भाषा, धर्म ,कला, संस्कृतिलाई लोभ हुन बाट बचाउन र नया पुस्ता लाई यसको महत्व बुझाउन यस्ता online गेमले महत्वपूर्ण भूमिका खेल्ने क़ुरा मगर संसारका संस्थापक तथा खेल संयोजक अनि अनिल लामिछाने मगरले बताउनुभएको छ। ✅आयोजक:-मगर संसार फोटो ग्यालरी एडमिन परिवार एडमिनहरु:- संस्थापक:- अनिल लामिछानेमगर एडमिनहरु:- राज थापा रंजु बडकौली मगर रेहना मगर मन मास्की रानामगर बिखर्ची रोकामगर Mb मगर Sbs पाल्पाली मगर Laxmi आलेमगर आयुष्मा मगर स्मारिका सोती मगर प्रेम सिंजाली मगर सपना थापा मगर एलिना थापा मगर छिनिङ मगर (आगामी खेल एकल लोक गायन प्रतियोगिता हुने)