ग्राहकलाई नेपाल टेलिकमकाे नयाँ अफर यस्ताे



२०७६ माघ २३ काठमाडौं - नेपाल टेलिकमले ग्राहकलाई नयाँ सेवा सुविधा ल्याएकाे छ ।टेलिकमले आफ्नो १६औ बार्षिकोत्सवको अबसर पारेर आफ्ना डेटा प्रयोगकर्ताका लागि अहिले सम्मकै बृहत डेटा प्याक सार्वजनिक गरेको हाे ।
जस अनुसार ३,००० रुपैयाँमा ६ महिना सम्म प्रयोग गर्न पाइने ६० जीबी डेटा प्याक रहेको छ । त्यस्तै १६०० रुपैयाँमा तीन महिना प्रयोग गर्न पाउने ३० जीबी डेटा प्याक पनि कम्पनीले ल्याएको छ । त्यस्तै कम्पनीले मोबाइल रिचार्जमा पनि अफरहरु ल्याएको छ । २०० र २०० रुपेयाँ भन्दा माथिको रिचार्जमा ग्राहकले २०० एमबी डेटा निशुल्क पाउने छन् भने, ५०० र ५०० भन्दा माथि ९९९ सम्मको रिचार्जमा ५०० एमबी डेटा निशुल्क प्रदान गरिन कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पहुँचमा भएको विस्तार संगै अब टेलिकमले सेवाको गुणस्तर सुधारमा घ्यान दिनुपर्ने बताएका छन । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फोरजी सेवाको विस्तार सँगै सीडीएमए प्रयोगकर्तालाई क्रमशः फोरजीमा रुपान्तरण गर्न लागिएको बताए । सोही कार्यक्रममा संञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एंव नेपाल टेलिकम संञ्चालक समितिका अघ्यक्ष दीपक सुवेदीले टेलिकमका उत्कृष्ठ ग्राहक, विक्रेता र लामो समय संस्थामा सेवा गर्ने कर्मचारीहरु लाई पुरस्कृत गर्नु भएको थियो । नेपाल टेलीकमकाे निशूलक मिसकल नाेटिफिकेशन सेवा यसरी सुचारू गर्न यहा जानुस Miss Call Alret NTC.