एलपी ग्यासको माग एकाएक दुइ गुणाले बृद्धि , के भन्छ ग्यास विक्रेता महासंघ नेपाल ?


२०७६ फागुन २७ - काठमाडौं - चीनबात फैलन सुरू भएकाे कोरोना भाइरसको विश्वव्यापी असरका कारण नेपालीहरुले दैनिक उपभोग्य वस्तुहरू आवश्यकता भन्दा बढी भण्डारण गर्न खोज्दा बजारमा दैनिक उपभोग्य सामानहरुको खपत ह्वात्तै बढेको छ । खाना पकाउने ग्यासको माग अचानक करिब दुइ गुणाले बढेपछि डिपोहरूले तत्काल सबैलाई पुर्‍याउन नसकेकाे र अभाव काे माहाेल सिर्जना हुन गएकाे बताएका छन । केही दिनयता ग्यास डिपोहरूमा उपभोक्ताहरूको लामै लाइन देखिने गरेको छ ।

उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास माग गर्दा अहिले अभावजस्तो देखिन आएको ग्यास विक्रेता महासंघ नेपालले बताएकाे छ भनाई छ । वितरण प्रणालीलाइ सहज बनाउन कतिपय डिपोले ग्यास लिन आउनेहरूको नाम टिपेर राख्‍ने र पालो अनुसार वितरण गर्ने व्यवस्था मिलाएका छन् । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा देशभरमा गरी मासिक १ लाख सिलिन्डर ग्यास खपत हुने गरेकोमा अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै एक लाख १० हजार सिलिण्डर ग्यास बजारमा पठाइएको छ । यसैबीच ग्यासको आयात यथावत भैरहेको र कहीं कतै रोकावट नभएकाले ग्यास अभाव हुने कुनै अवस्था नरहेको भन्दै नेपाल आयल निगमले आम उपभोक्तालाई नआत्तिन र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । साथै ग्यासको कृत्रिम अभाव गराउनेहरूलाई कारवाही गर्न निगमले अनुगमन पनि सुरु गरिसकेको छ ।