आहा रारा गोल्डकपको उपाधि मनाङले छैठाैं पटक उचाल्याे


२०७६ चैत १ नेपालकाे अकार्काे एक प्रतिस्ठित फुटबल प्रतियाेगिता १८औं आरा, रारा गोल्डकप फुटबल को उपाधि मनाङ मस्र्याङ्दी फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको उपाधीकाे लागी फाइनल खेलमा चिर परिचित प्रतिद्रवन्दी नेपाल पुलिस क्लब लाई पेनाल्टी शुटअाउटमा ४-३ ले हराउदै गर्दै छैटौं पटक मनाङले साे उपाधि उचालेको हो ।

९० मिनेट पछी थपिएको ३० मिनेटमा समेट खेल गोलरहित बराबरीमा सकिएपछी उपाधीकाे छिनाेफानाे पेनाल्टीबाट निर्धारण गरिएकाे थियाे । टाइब्रेकर मा पुलिसका बुद्ध बल हेम तामाङ भाेला सिलवालले गोल गरे भने मनाङका पुजन उपरकोटी, अन्जन विष्ट, रञ्जन विष्ट र सुरज विके ले गोल गरेका थिए ।