सबै नाका बन्द भए पनी ६ महिना सम्म नेपाल लाइ पुग्ने खाद्ान्न सन्चित छ ः नेपाल सरकार


२०७६ चैत्र ६ काठमाडौ - नेपाल सरकारले को'भि'ड- १-९ को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घर घरमा अत्यावश्यक वस्तु अनावश्यक रूपमा सञ्चित गर्नु नपर्ने बताएकाे छ । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चार देखि छ महिना सम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिने भन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा अपिल गरेको छ ।

कोभिड- १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा आज सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सञ्चारकर्मीसँग पछिल्लो वस्तु स्थिति बारे जानकारी दिई कोरोना भाइरस प्रति सचेत भई आम जनतालाई सु-सूचित गर्न आग्रह गर्नुभएको थियाे । मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाएमा उद्यमीलाई कारवाही गर्न चेतावनी समेत दिनुभएकाे थियाे ।