भोलि देखि नेपालमा लकडाउन - भारत / चीन दुबै तर्फको सबै सीमा नाकामा बन्द हुने


२०७६ चैत ९ काठमाडौं - नेपाल सरकारले भारत र चीन तर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक साता सम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाका बाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको छ । नाकामा लकडाउन भएपनी नेपालमा भित्रिने सामान आयात निर्यात भने रोकिने छैन अर्थात अत्यावश्यक पदार्थहरूकाे ढुवानी भने नियमित नै हुनेछन ।

भारत मा समेट को'रो'नाको संक्र'मण तिब्र हुदै गएपछी नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिदा निर्णय हुन ढिलाे भएकाे थियाे । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपालीहरू नेपाल फर्किएका छन् । यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढे-पछि शनिबार बसेको कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमती नजनाए नेपालले एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नु पर्नेमा राय दिएका थिए । नेपालका केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् ।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगतै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । एकतर्फी हो कि सहमतिमा सीमा बन्दको निर्णय लिइएको भन्ने प्रश्नमा सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘अहिले हामीले सीमालाई स्थायी रुपमा बन्द गरेका होइनौं । यात्रुहरुको अवागमन मात्र रोकेका हौं । लामो समयसम्म रोक्नुपर्ने अवस्था आएमा द्वीपक्षीय वार्ताबाट निर्णयमा पुगिने उनले बताए ।

यो निर्णय कार्यान्वयनमा अाए संगै सँगै नेपाल ‘लकडाउन’ हुनेछ । आइतबार मध्यरातबाट नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइसकेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गरेका थिए । देशभित्र लामो दुरीमा यात्रु वाहक सवारी समधन सञ्चालन पनि भोलि १० गतेबाट बन्द हुनेछ । अनलाइन खबरबाट साभार ।।

Watch Latest videos on Maxon tv Nepal @ Youtube