अब मनकामना केवलकार सेवा पनी बन्द हुने !


२०७६ चैत्र ६ पाेखरा - गाेरखामा अबस्थित मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याइएको मनकामना केवलकार शनिबार देखि बन्द हुने भएको छ । काेभिड- १९ भा*इ*रसको सम्भाबित सङ्क्रमणको सजगताका लागि केबलकार सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले सूचना प्रकाशित गर्दै शनिबार देखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जनाएकाे छ ।

मनकामना केबलकार को सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउने मनकामना दर्शन प्रालि ले जनाएकाे छ । को*रो*ना*को त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने दशर्नार्थी समेट घटेका थिए । चितवनको इच्छाकामना - ४ स्थित प्रवेशद्वार (तल स्टेशन) रहेको मनकामना केवलकारबाट हरेक दिन करिब ३ हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गरेका थिए ।