मगर संसारद्वारा मृगौला रोगी स्याङजाका यूबराजलाई रू.१,६५,७६०/- सहयोग


अनिल लामिछाने मगर - २०७६ फागुन १९ - मगर संसार(magar sansar) फोटो ग्यालरीका संस्थापक एवं मुख्य अभियंता अनिल लामिछाने मगरको बिशेष सक्रियता र एडमिनहरूको सहकार्यमा गरिएको "4 जिल्लाका 5 बिरामी बचाउ - १५ दिने अभियानबाट संकलन भएको टोटल रू.८,२८,८००/- सहयोग रकममा फागुन १९ गते अर्का बिरामी स्याङजा जिल्ला चापाकोट नगरपालिका -३,बजादीका दुबै मृगौला फेल भएका युवराज फाल मगरलाई उहाको भागमा परेको नेपाली रू.१,६५,७६०/- सहयोग रकम हस्तांतरण गरीएकाे छ ।

मगर संसार ग्रुपका सक्रिय एडमिन रेहना मगर र रामेछाप मगर संघको उपाध्यक्ष प्रनिस आलेमगर र मीडियाको उपस्थितिमा उपचार गर्न ktm जानु भएका फाल मगरलाई उहाकै डेरामा पुगी आमा र पिडितको हातमा सो रकम हस्तांतरण साथमा उक्त सहयोग रकम हस्तांतरण गरेको हाे। गत माघ १८ देखि फागुन ४ गते सम्म 4 जिल्लाका 5 बिरामिहरु लाई बचाऊ अभियान संचालन गरिएकाे थियो। र सहयोग रकम जम्मा रू.८,२८,८००/- संकलन भयको क़ुरा अभियंता अनिल लामिछाने मगरले जानकारी गर्नुभएको थियो। बिरामिको सु स्वास्थ्य लाभको कामना गर्दै अब भने 5 बिरामिहरु मध्य 1 बिरामिलाई मात्र सहयोग रकम दिन बाकी भएको ४ बिरामीलाइ भने सहयाेग हस्तान्तरण भैसकेकाे र अब बाकी १ जनालाइ पनी छिटै हस्तान्तरण गरिने अभियंता अनिल ले जानकारी दिनुभयाे ।

✅मुख्य अभियान्ता:- अनिल लामिछाने मगर (हाल कोरिया ) एडमिनहरु:- राज थापा(बाग्लूङ्) Laxmi आलेमगर(पाल्पा) रंजु बडकौली मगर( धादिङ) रेहना मगर(महोत्तरी) मन मास्की रानामगर(स्याङ्जा) बिखर्ची रोकामगर(म्याग्दी) Mb मगर(सिन्धुली) Sbs पाल्पाली मगर(पाल्पा) आयुष्मा मगर(पाचथर) स्मारिका सोती मगर(नवलपरासी) प्रेम सिंजाली मगर(सुर्खेत) सपना थापा मगर(सोलुखुम्बू) शान्ति रानामगर(स्याङ्जा) मोनिका मगरनी(पोखरा) एलिना थापा मगर(गोरखा) छिनिङ मगर( सुर्खेत) अनिल लामिछाने मगर रूपनदेही देवदह हाल कोरिया