राजपा र समाजबादी पार्टी रातारात एकिकरण : डा . बाबुराम दोस्रो वरियतामा !


२०७७ बैशाख ११ काठमाडौ - राष्ट्रिय जनता पार्टी (राजपा) र डा बाबुराम / उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी बीच बुधबार १० गते राती पार्टी एकीकरण घोषणा भएको हो । उनीहरुले दिनभर पार्टी एकताका बिषयमा छलफल जारी राखेर बुधबार मध्यरात करिब १२ बजे तिर पार्टी एकताको घोषणा गरेका थिए । दुई पार्टी एकता भएपछि एकीकृत पार्टीको नाम ‘जनता समाजवादी’ हुनेे भएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता राखिएको छ। लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति मात्र ठोस सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् । अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् । पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन। राजपा सपा एकिकृत भएपछि राजपाका केही असन्टुष्ट नेताहरूभने पार्टी फुटाउने तयारीमा रहेको बताएका छन ।केही दिन अगाडिमात्र सरकारले राजनितिक दल बिभाजन सम्बन्धी नया अध्यादेश ल्याएको थियो । सो अध्यादेश जारी भएपछि राजनितिक दलहरू फुट्ने भन्दै बिभिन्न दलका नेताहरूले चिन्ता ब्यक्त गरिरहेको बेलामा राजपा सपाको एकिकरण भएको हो ।