काे'राे'ना सङ्क्रमित निकटका ब्यक्तिकाे ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सकियो । नेपाल मा कहा के छ ? अबस्था हुर्नुस पुरा बिबरण


२०७६ चैत्र १९ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले को'रो'ना भा'इ'र'स (को'भि'ड–१९)का स'क्रमि'तसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले को'भि'ड–१९ का सङ्क्रमण भएका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

उहाँका अनुसार धनगढी स्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचाररत सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन भने बाँकी छ । अन्य सङ्क्रमितका परिवारको नमूना परीक्षण गर्दा सबैको को'भि'ड–१९ नेगेटिभ आएको बताइएकाे छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना र बागलुङमा एक जना सङ्क्र'मितको उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिले सम्म नेपालमा एक हजार १३३ को को'भि'ड–१९ परीक्षण भैसकेकाे छ ।

यसैगरी मोबाइल एपमा आएका सम्भावित लक्षणका आधारमा १२ जनामा ज्वरो र खोकी लागेकाले तिनी'हरुको पनि नमूना परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । बारामा निधन भएका एक जना दुर्घटना सम्बन्धि बिरामी भएको उहाँले बताउनु'भयो ।