वाइडबडी बिमान अष्ट्रेलियाकाे एेतिहासिक उडान सफल गरी फर्कियाे । चीनबाट दोस्रो लटको औषधि जन्य सामग्री अर्काे वाइडबडीले ल्यायाे


२०७६ चैत्र २१ काठमाडौं - मेडिकल सामग्री लिनकाे लागी चीनको ग्वाङ्जाओ र अष्ट्रेलिया तथा न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम काे दुवै वाइड बडी ए–३३० जहाज नेपाल फर्किएका छन। मेडिकल सामग्री लिएर ग्वाङ्जाओ गएको वाइडबडी आज बिहान २ः५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गत राती ११ः१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगम अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले बताउनुभयाे ।

मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वाङ्जाओ उडेको थियो । यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियाे । बुधबार निगमको वाइडबडी जहाज चार्टर्ड मा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक बोकेर मलेशिया हुँदै अष्ट्रेलियाको ब्रिशवन पुगेको थियो । निगमले अष्ट्रेलिया गन्तव्यमा पहिलो पटक वाइडबडी जहाजले ऐतिहासिक सफल उडान गरेको बताएकाे छ । निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।