महाकाली तर्न एक जनाकाे २५ सय ! १६ जनाले खर्चे नेपाल फर्किन ४० हजार


२०७७ वैशाख १८ काठमाडौ - छिमेकी मुलुक भारतको पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका १६ जना नेपालीले महाकाली तरेर नेपाल फर्किन ४० हजार रुपैयाँ खर्च गरेका छज । महाकालीमा पौडिन नसके पछि दार्चुला र बैतडीका मजदूरले प्रतिव्यक्ति २५ सय रुपैयाँ तिरेका हुन । तीन दिन देखि मदको टबाट भोक भोकै बालुवाकोट पुगेका उनीहरुले ट्युब मार्फत नेपाल पुर्‍याएबापत प्रति व्यक्ति २५ सय रुपैयाँ तिरेका हुन । ३ दिन भारतको जङ्गलको बाटो भएर उनीहरु बालुवाकोट पुगेका थिए । उनीहरु ४ वर्षदेखि मदकोट क्षेत्रमा सडकमा काम गर्दै आएका छन् । महाकाली तरेर आएका बाह्य जिल्लाका सबैलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी भएको भएको छ । दार्चुलामा महाकाली नदी तरेर एक वैशाख १० गते यता मात्रै ७२ जना नेपाल अाएका छन् ।

प्रहरीका अनुसार गत वैशाख १० गते ९ जना, वैशाख १२ गते ५ जना, वैशाख १३ गते ३४ जना, वैशाख १६ गते आड जना र वैशाख १७ गते १६ जना महाकाली तरेर नेपाल प्रवेश गरेका छन् । चैत १३ गतेयता वैशाख ९ गते महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना नेपालमा आइसकेका छन् । यसै बीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलल गायत सुरक्षा निकायका प्रमुखले सीमा क्षेत्रका निरीक्षण गर्नुभएको थियाे । भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाका सम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रजिअ यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमाधाम फर्किरहेको कारण सुरक्षा निकायका प्रमुख सहितको टोलीबाट अनुगमन निरीक्षण गरिएको बताउनु भयो ।