सम्भावित सबैको ‘र्‍यापिड’ परीक्षण गरिने


२०७६ चैत्र २४ काठमाडौं - नेपाल सरकार'ले को'भि'ड–१९ स'ङ्क्र'मणको सम्भावना भएका व्यक्ति'हरु'लाई ‘र्‍यापिड डायग्नो'स्टिक टेस्ट’ गर्ने भएको छ । अहिले 'सम्म सङ्क्रमण पुष्टि भएका व्यक्ति'का परिवार, नजीकका व्यक्ति, यही महिना विदेश'बाट आएका व्यक्ति र तिनका सम्पर्क'मा आएका'मा को'भि'ड–१९ को सङ्क्रमण हुनसक्ने भन्दै परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जन'सङ्ख्या मन्त्रालय'ले नियमित पत्रकार सम्मेलन'मा जनाए'को हो ।

मन्त्रालय'का प्रवक्ता डा विकास देवकोटा'ले उक्त प्रविधि'बाट ‘पो'जि'टिभ’ देखिए पि'सि'आर प्रविधि,बाट पुन-परीक्षण गरेर यकिन गरिने बताउनु भयो । कैलाली र कञ्चनपुर'मा सङ्क्रमण देखिए'का व्यक्ति'का परिवार'का सदस्य, सम्पर्कमा आए'का व्यक्ति'सँगै सबै क्वारेन्टाइन'का व्यक्ति'हरुको यस्तो परीक्षण गर्न लागि'एको हो । बाग्लुङ जिल्ला'मा पनि उपचार'रत सङ्क्रमित व्यक्ति'का बासस्थान वरपर र सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिने भएको छ ।

चैत महिना'मा विदेश'बाट आए'का सबै र अरू'सँग लागे'का व्यक्ति'मा सो परीक्षण गरिने प्रवक्ता डा देवकोटा'ले जानकारी दिनु'भयो । क्वारेन्टाइन गुणस्तर मापदण्ड अनु'सार सञ्चालन हुनुपर्ने'मा प्रवक्ता डा देवकोटाले जोड दिनु'भयो । यी क्वारेन्टाइन'हरुको अनुगमन भइरहे'को पनि उहाँले बताउनु'भयो । सबै अस्पताल'ले सेवा लिन आउने बिरामी'लाई आकस्मिक सबै सेवा दिनुपर्ने बताउनु'भयो ।