मगर संसार ग्रुपकाे आयाेजनामा कोरोना बारे भिडियो प्रतियाेगिता हुँदै कसरी सहभागी हुने ?


२०७६ चैत २८  
नव बर्ष २०७७ को उपलक्ष्यमा  मगर संसार ग्रुप भित्र बिशेष  गेम आयाेजना हुदैछ । जसमा सहभागी हुन, महामारी रोग कोरोना भाइरसबाट कसरि बच्न सकिन्छ" भन्ने शीर्षकमा कम्तिमा ३ मिनेटको भिडियो बनाई मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप भित्र तलकाे,मिति, समय बमाेजिम आफैले पोस्ट गरि खेलमा सहभागीता जनाउन सकिनेछ । 

# खेल मगर संसार(magar sansaar)फोटो ग्यालरी ग्रुप भित्र हुने

* भिडियो पोस्ट गर्ने मिति / समय
✅२०७६/१२/२९ गते शनिवार
✅बिहान १०:०० बजे देखि
✅बेलुका ०८:०० बजे सम्म

✊ भोटिंग समय 👇
बैशाख २ गते मंगलवार ५ pm सम्म मात्र

✅ खेलका नियमहरु
१) कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ?भन्ने शीर्षकमा कम्तिमा ३ मिनेट वा ३ मिनेट भन्दा बढिको भिडियो बनाई आफैले पोस्ट गर्नुपर्नेछ।


२) भिडियो बनाउदा नाम र ठेगाना अनिवार्य उच्चारण गरि बनाउनु पर्ने र पोस्ट गर्दा पनि caption मा नाम,ठेगाना र हालको बसाई लेखि गेमको भिडियो पोस्ट गर्नुपर्ने।


३) गेमको भिडियो पोस्ट गर्ने समय जम्मा १० घण्टा मात्र अर्थात २०७६/१२/२९ गते शनिवार बिहान १०:०० बजे देखि बेलुका ०८:०० बजे सम्म( तोकिएको समय अघि पछि आएको भिडियो मान्य नहुने।)


४) भोटिंग समय बैशाख २ गते मंगलवार ५ pm सम्म मात्र(३ दिन मात्र)


५) गेममा सहभागी हुन मगर भाषा र मगर पोशाक नभयका लाफाहरुले सहभागीता जनाउन सकिनेछ।(भिडियो मगर भाषा वा नेपालि भाषामा बनाउन सकिने,मगर पोशाक अनिवार्य नहुने)


६) like को आधारमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना घोषणा गरीने,Tag, Mention, Share र Comment सबै खुल्ला हुनेछ, तर मान्यता like मात्र दिइने ,सबै खाले रियाक्टलाई समान मान्यता दिइने छ।


७) नतीजा भोटिंग समय सकिएको १ घण्टा पछि अर्थात ६ pm पछी सार्बजनिक गरीने।


८) खेल मगर संसार(magar sansaar)फोटो ग्यालरी ग्रुप भित्र हुने।


९) खेलमा बिबाद आयको खण्डमा एडमीनको निर्यण नै अन्तिम निर्णय हुनेछ।


१०) गेमको अवधि भरी मगर संसार ग्रुप भित्र एडमिनको सूचना बाहेक सम्पूर्ण पोस्ट बन्द रहने।


(11) तलको लिंके open गरि #मायाबी पेजलाई like गर्नुपर्ने 



🏆🏆 पुरस्कारहरु:-🏆🏆🏆

--------------------------

(१) प्रथम पुरस्कार : - मगर ड्रेस 1 सेट + मगर भाषाको किताब + सम्मान पत्र         


(२) दोस्रो पुरस्कार:- काठको खुर्पेटो घडी + मगर भाषाको किताब + सम्मान पत्र


(३) तेस्रो पुरस्कार: - खुकुरी + मगर भाषाको किताब + सम्मान पत्र


(४) सान्तवना पुरस्कार:- काठको ठेकी + काठको कीरिङ + मगर भाषाको किताब +  सम्मान पत्र


🙏🙏सम्पूर्ण पुरस्कार सौजन्य:-🙏🙏

माया घर्ती मगर
 नेपाल मेगा कलेज,अध्यापक र व्यवसायी प्रोपराइटर - मायाबि फेशन विथ कल्चर कुपन्डोल,ललितपुर,   पुर्बखोला ६, पाल्पा(हाल काठमाडौ)

✅संस्थापक/खेल संयोजक : अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु
1)राज थापा(बाग्लूङ्,हाल जापान)

2)Laxmi आलेमगर(पाल्पा)

3)रंजु बडकौली मगर( धादिङ)

4)रेहना मगर(महोत्तरी,हाल ktm)

5)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)

6)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)

7)Mb मगर(सिन्धुली,हाल दुबई)

8)Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)

9)आयुष्मा मगर(पाचथर)

10)स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)

11)प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)

12)सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)

13)एलिना थापा मगर(गोरखा,हाल जापान)

14)छिनिङ मगर( सुर्खेत)

15)प्रनिस आलेमगर(रामेछाप हाल ktm)

16)रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)

17)सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)