ओखलढुंगाका दिलु र नवलपुरकी माया मगर बनिन प्रथम भाषिक टिकटक प्रतियोगिता २०७७ का बिजेता


२०७७ बैशाख १५ - सामाजिक सञ्जाल फेसबुकमा निकै लोकप्रिय बनेको मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप पेजले आयोजना गरेको भाषिक टिकटक प्रतियोगिता २०७७ मा पुरूष तर्फ ओखलढुंगा हाल मलेशिया कार्यरत दिलु मल्ल आले मगर र महिला तर्फ नवलपुर जिल्ला बसन्तपुरकी माया मगरले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। ओखलढुंगाका दिलू ले 4165 मत र मायाले 3851 मत प्राप्त गर्नु भएकाे थियाे ।

त्यसै गरी पुरूष तर्फ रूपन्देही,देवदह-४ भावनीपुर हाल इण्डिया कार्यरत एरिक थापा मगर 2885 मत सहित दोस्रो स्थान र महिला तर्फ भने नवलपुर, कावासोती-१,कोइलापानी की मीना सोती मगरले 3590 मत प्राप्त गर्नु भएकाे थियो।

तेस्रो मा पुरुष तर्फ स्याङजा हाल मलेशिया कार्यरत कमल सोमैमगर 2665 मत र लेडीजमा स्याङ्जा विरूवा-८ की मनु थापा मगर 3438 मत प्राप्त गरेका थिए ।

त्यसै गरित top 4 मा पुरुष तर्फ रामेछाप हाल बहराईन कार्यरत प्रकाश मगर 2441 मत लेडीजमा तनहु ,दमौली बसाई रिसिङ-1 बस्नुहुने सृजना आले मगर 3429 मत प्राप्त गर्नु भएकाे थियाे।

Top 5 मा भने पुरूष तर्फ स्याङजा हरिनास हाल ktm बस्नुहुने रमेश बाबू थापा मगर 2185 मत र लेडीजमा म्याग्दी हाल कोरिया कार्यरत आशा पुर्जा मगर 3092 मत प्राप्त गर्नु भएकाे थियाे।

बिस्व भरीका मगर हरूको सहभागिता रहेको उक्त प्रतियोगितामा टोटल 129 जनाको सहभगी रहेको उक्त खेलमा 12 बर्ष माथिका मगर /मगरनी मात्र सहभागि हुन पाउने गरि खेलाइयको र भोटिंग समय 2 दिन राखि पोस्टमा आयको like को आधारमा नतीजा सार्बजनिक गरेको खेल संयोजक अनिल लामिछाने मगर ले बताउनु भयाे । बिजेताहरूकाेकाे लागी मिगिन थापा मगर प्रथम पुरस्कार(पोखरा), मेक थापा मगर प्रथम पुरस्कार(पाल्पा), गगन घर्ती मगर दोस्रो पुरस्कार(रोल्पा) र टपिक लुंगेली मगर दोस्रो पुरस्कार( बाके) ले पुरस्कार सौजन्य गर्नु भएकाे थियाे ।