आरडीटी / पीसीआर के हो र किन गर्ने ?


२०७६ वैशाख १० - नेपाल सरकारले को'रो'ना भा'इ'रसको संक्रमण भए-नभएको थाहा पाउन अहिले दुई माध्यमबाट नमूना परीक्षण गरीरहेकाे छ । नेपालमा को'रो'ना भा'इ'रस संक्र'मणकाे तत्काल जानकारी लिन मिल्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरेर दुई विधि बाट परीक्षण गर्ने गरिएको छ ।

आरडीटी रगतको नमूना बाट गरिने परीक्षण हो भने घाँटीको स्वाब संकलन गरेर गरिने परीक्षण पीसीआर हो । संक्रमितहरु को एकीन तथ्यांक लिन सरकारले अहिले दुवै विधिको प्रयोग गर्दै आएको छ । भरपर्दो भए पनि पीसीआर बाट परीक्षण गर्दा धेरै समय लाग्ने भएकाले सरकारले आरडीटीलाई प्रारम्भिक रूपमा प्रयोग गर्दै आएको छ । कोरोनाको संक्रमण फैलन सक्ने सम्भावना कायमै रहेकाले सरकारले छिटो नतिजा थाहा पाउन आरडीटीबाट परीक्षण गर्ने दायरा बढाएको हो । आरडीटी भनेको एन्टीबडी परीक्षणको एउटा विधि हो । धेरै भन्दा धेरै मानिसको नमुना परीक्षण एकसाथ गर्नुपर्दा आरडीटी विधि अवलम्बन गरिन्छ ।

तर सबै नागरिकलाई कोरोना परीक्षण गर्नुपर्ने आवश्यकता भने रहँदैन । विशेषगरी को'रो'ना भाइ'रस'बाट संक्रमित मुलुकबाट फर्किएका र क्वारेन्टाइनमा रहेकाहरुको नमूना यस विधिबाट परीक्षण गर्ने गरिएको छ । त्यसैगरी संक्रमितहरुको सम्पर्कमा आएकाहरुलाई पनि यो विधिबाट परीक्षण गर्ने गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डे बताउनुहुन्छ । आरडीटी परीक्षणबाट कोरोना पोजेटिभ देखिए पुन पीसीआर विधिबाट परीक्षण गरिन्छ । आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए पनि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिन सक्ने सम्भावना रहन्छ अथवा ।

आरडीटी नेगेटिभ दिखिएकाे परिक्षण पीसीआर विधिमा पोजेटिभ हुने सम्भावना पनी उतिकै रहन्छ यद्पी अन्टिम डिसिजन पीसीआर बिधि लाइ मान्यता रहन्छ । एन्टीबडी परीक्षण गर्दा रोग निको भइसकेपछि पीसीआर परीक्षण नेगेटिभ आउँछ । जसलाई पहिले रोग लागिसकेको छ र त्यतिबेला पीसीआर हुन सकेन वा लक्षण देखिएन भने त्यस्तालाई पछि गर्ने परीक्षण भनेको एन्टीबडी मात्रै रहन्छ । सामान्यतयाः समुदायमा कति व्यक्ति कुन स्टेजमा संक्रमित भएका थिए भन्ने कुरा बुझ्न एन्टीबडीले सहयोग गर्ने डा. पाण्डे बताउनुहुन्छ । विभिन्न देशले पीसीआरमा आ–आफ्ना मापदण्ड तोकेका छन् । नेपालको पनि आफ्नै मापदण्ड छ ।

मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआर र यसको दायराभित्र नआएकालाई वैकल्पिक टेष्टको व्यवस्था गर्न सकिन्छ । को'रो'ना परीक्षणको लागि पीसीआरमा मात्रै भर पर्दा रोगलाई नियन्त्रणमा ल्याउन नसकिने भएकाले वैकल्पिक विधि अपनाउनुपर्ने अवस्था आएको हो । र्‍यापिड किटबाट परीक्षण गर्दा प्रयोगशाला चाहिँदैन । ठूलो विज्ञता पनि आवश्यक पर्दैन । थोरै तालिम दिए पर्याप्त हुन्छ । यो विधिबाट फिल्डमै तत्काल नतिजा हेर्न सकिन्छ । त्यही भएर यो विधिलाई अहिले विश्वका अन्य देशले पनि अबवलम्बन गर्दै आएका छन । नेपालटेलिभिजनबाट साभार