५ दिन लगाएर भारतले नेपाल पठाएका पर्साकाे नेपालीहरूलाई भारततर्फ नै फर्काइयो


२०७७ जेठ ५ - काठमाडौ - पर्सा जिल्लाकाे नाकामा आइपुगेका २४ नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ । उनीहरूलाइ मुम्बईदेखि भिखना ठोरीसम्म भारत सरकारले मुम्बई, गोरखपुर, मोतिहारी, नरकटियागंज हुँदै बसमार्फत पाँच दिन लगाएर नेपाल नाकासम्म पठाएका हुन । उनीहरुलाई सीमावर्ती नाका भिखनाठोरीबाट ६ किलो मिटर दुरीमा रहेको भारतीय गाउँ धमौरास्थित एक विद्यालयको क्वारेन्टाइनमा लगिएको छ । वैशाख ३१ गते मुम्बईबाट हिँडेका उनीहरु पाँच दिन लगाएर आइतबार सीमावर्ती बजार भिखना ठोरी आइपुगेकाहरू चितवनका २१ जना , मकवानपुरका १ जना, नवलपरासीका १ जना र धनगढीका १ जना रहेका छन । ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक दिपक दाहालका अनुसार माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको र भारत तर्फ फर्काइएकाे हाे । भारत सरकारले बस र रेल मार्फत मजदुरहरुलाई घर फर्काउँदैछ भन्ने थाहा पाएपछि उनीहरु पनि नेपाल आएका बताउका छन । आफ्नै मुलुक आउने ढोकामा बार लगाइदियो । बिरानो मुलुकको नागरिक जसरी फेरि भारत नै फर्काइ दिएको छ । हामी आफ्नै मुलुकको लागि अनागरिक भयौं भारतमा पछिल्लाे समय कोरोना मामाला तुफानी गतीमा बढ्दै गएका कारण मर्न परे पनि आफ्नै मुलुकमा गएर मरौं भनेर हामीले कठिनपूर्ण यात्रा गरेकाे उनीहरूले बताए नेपालमा संक्रमितको मामला बढेसँगै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी नै गरेकाे हुदा माथिको निर्देशन विना कसैलाई पनि प्रवेश अनुमति नरहेको उनले बताएका छन । आफ्नो गाउँका नागरिक नाकामा अलपत्र परेको थाहा पाएपछि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल ठोरी नाका पुगेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनले पर्सासँग समन्वय गरेर आफू आफ्ना नागरिक लिन बताउँँदा पनि पनि सीमामा खटिएका सशस्त्र प्रहरीले अनुमति नदिएको उनको गुनासो गरे । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने यसबारे आफूहरुलाई जानकारी नै नभएको प्रतिक्रिया दिए । बस्नेतले भने, ‘चितवन जिल्ला प्रशासनले हामीलाई पत्रलेखेर अनुरोध गरेको भए हामीले समन्वय गर्न सक्थ्यौं । तर चितवनबाट त्यस्तो जानकारी आएको मलाई थाहा छैन । सीमा नाकामै आइसकेका नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहले मापदण्ड अनुसारको क्वारेन्टाइनमा लगेर राख्ने प्रतिवद्धता आए पठाउन सकिन्छ ।