श्रमिकहरुकाे कष्टकर जीवन प्रति प्रधानमन्त्री अत्यन्त दुःखी (भिडियाे सहित)


२०७७ बैशाख १९ - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा दिनुभएको शुभकमना सन्देशमा श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरण गर्दै मे दिवसलाई नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि को उत्सवका रुपमा पनि मनाउँदै आएको बताउनुभएकाे छ । सन्देशमा कोरोना भाइरसको महामारीका कारण संसार अहिले लकडाउनमा रहेकाे बताउदै प्रधानमन्त्रीले उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका देश बिदेशमा स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति अत्यन्तै दुःखी भएको बताउनुभयाे ।

प्रधानमन्त्रीले सन्देशमा एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर/बजार पसेका, तर शहर/बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत रहेका बताउनुभयाे। युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन् । र, अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका बताउदै हाल सिर्जना भएको पीडा प्रति सरकार जानकार तथा संवेदनशील रहेकाे बताउनुभयाे ।। अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको भिडियो सन्देश यस्ताे छ ः