नेपालमा शक्तिशाली चक्रवात'काे सम्भावना, सचेत रहन महाशाखाको अपिल


फाइल तस्बिर - २०७७ जेठ ५ काठमाडाै - नेपालकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात तिब्र रूपमा विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै बिशेष सतर्कता अपनाउन नागरिकहरूमा अपिल गरेको छ । माैसम पूर्वानुमान महाशाखाले साेमबार विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने सम्भावना उच्च भएकाले सतर्क रहन नागरिकलाइ आग्रह गरेको हो । माैसम पूर्वानुमान महाशाखाका अनुसार साे चक्रवातको असरले पूर्वी नेपालको मौसममा ब्यापक बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने सम्भावना उच्च रहेकाे छ ।