अमेरिकन आइडलको उपविजेता बने नेपाली मुलका दिवेश पोखरेल


२०७७ जेठ ५ - काठमाडौं - अमेरिकामा रहेका नेपाली मुलका दिवेश पोखरेल बिश्वकै चर्चित गायन शाे अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन ।पोखरेल टप २ मा पुगेर उपाधि जित्न भने सकेनन । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बन्न सफल भएका थिए । फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन । काठमाडौंको रवी भवनमा जन्मेका दिवेश सन २०१४ देखि अमेरिका बस्दै आएका छन । उपाधिको दावेदारका रुपमा हेरिएको पोखरेललाइ टप २ मा पुग्न मत अाएपनी पनि उपाधि जित्न पर्याप्त भोट भने आएन।