नक्सा मात्र हैन भारत अतिक्रमित भूमि पनि फिर्ता गराएरै छाड्छु : प्रधानमन्त्री ओली


२०७७ जेठ ६ काठमाडाै - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका कलापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका भुभाग पनि फिर्ता गराउँने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमिको जमिन पनि फिर्ता गराउने दृढता व्यक्त गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा मन्त्रिपरिषद्बाट पारित भैसकेको भन्दै आज या भोलिमै नक्सा प्रकाशित हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सबैको साथ रहने विश्वास पनि व्यक्त गरेका थिए । साेही क्रममा प्रधानमन्त्रीले वुहान, इटली, दुवईबाट आएको भा'इरस कडा खालको नभएको जनाएका छन । प्रधानमन्त्री'ले सोही क्रममा भारतबाट आएकाहरुका कडा खालको को'रो'ना भा'इरस (को'भि'ड–१९) संक्रमण देखिएको बताएका छन । पछिल्लो समय भारतबाट आएका धेरैमा सं'क्रमण देखिएको भन्बदै प्रधानमन्त्री'ले यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको बताएका छन ।हिजाे मात्र मन्त्रीपरिषदले नेपालकाे नया नक्सा जारी गर्ने निर्णय गरेकेा थियाे यध्यपी साे नक्सा केही गलत भइकाे भनी मिडियामा कुरा अाइरेहबकाे सन्दर्भभा सरकारले बिज्ञहरू संग छलफल गरी अाधिकारी नक्सा जारी गर्ने बतारएकाे छ हाल सम्म साे नया नक्सा राजपत्रमा भने उल्लेख गरिएकाे छैन ।