यूएई सरकारकाे घाेषणा भिसा सकिएका, नियम उल्लंघन गरेका सबैको जरिवाना नलिने, तर ३ महिनाभित्र........


२०७७ जेठ १ - काठमाण्डौ - सयुक्त अरब इमिरेट्स ( यूएई) ले भिसाको अबधी सकिएका तथा भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपाली सहित सबै विदेशी नागरिककाे जरिवाना माफ गरिदिने भएको छ । यस अघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना नगर्ने त्यहाकाे सरकारले जनाएकाे हाे । तर यसरी स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाडेर अाफ्नाे मुलुक फर्कनु पर्नेछ । यूएईले दिएको यो अवसरको फाइदा उठाएर स्वदेश फर्कनेले अवस्था समान्य भएपछि फेरि पनि यूएई फर्कन पाउनेछन । यूएईको आईडीको म्याद सकिएको र श्रम अनुमति (वर्क परमिट)मा सकिएकाको पनि जरिवाना माफ हुनेछ ।