काठमाडौँमा पनी कडा प्रतिबन्ध, राजधानी प्रबेश तथा भित्री सडक र गल्लीहरुमा समेत हिँड्न प्रतिबन्ध


२०७७ - जेठ २ - काठमाडाै - बिश्वब्यापी तनाब सिर्जना गरिरेहककाे कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण थप प्रभावकारी बनाउन काठमाडौँमा लकडाउनमा थप कडाइ गरिने भएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार अत्यावश्यक सेवाका बाहेक बिनापासका जुनसुकै सवारी साधन र पैदल यात्रुलाई काठमाडौँ प्रवेशमा रोक लगाउने निर्णय भएकाे हाे । सडकमा पास बिनाका मानिसहरू निस्किएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने काठमाडाै प्रशासनले जनाएको छ । राजधानीका भित्री सडक र गल्लीहरु र मूल सडकमा विभिन्न बहाना बनाइ मानिसहरुको भीडभाड बढेपछी सम्भाबित जाेखिम न्युनिकरण काे लागी भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडाै ले थप कडाई गर्ने निर्णय गरेको हो । यस अगाडी गृह मन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्लामा जाने सम्पुर्ण पासहरू समेत रद्द गरेकाे थियाे ।