लिपुलेक विवादमा भारत / चीन दुबै संलग्न छ : प्रचण्ड


२०७७ वैशाख २८ - काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा भुपु प्रम पुष्पकमल दाहाल प्रचण्डले हाल सर्बाधिक चर्चामा रहेकाे पश्चिम नेपालकाे भुभाग लिपुलेक क्षेत्रको विवादमा छिमेकी मुलुकहरू चीन र भारत दुबैको संलग्नता रहेको बताएका छन । भारतको नयाँ नक्सा सार्वजनिक भएदेखी नै यो विवाद चरम उत्कर्षमा पुगिसकेकाे अवस्थामा हाल साे बिबादले सडक निर्माणको उद्घाटन भए पछि झनै उग्र रूप लिएकाे छ भएको छ । नेपालीहरू सडकमा भारतविरुद्ध आन्दोलनमा हाेमिरहेकाे बेलामा सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्व नेपाल हो पश्चिम भारत हो भन्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्ने प्रचन्डले बताए । यो समस्या नेपाल भारत दुईवटा देशले मात्रै हल गर्न पनि अब अप्ठेरो छ किनकी त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले लिपुलेक प्रकरण यो त्रिदेशीय जस्तो बन्न गएको प्रचन्डले बताए । गत २०७२ सालमा चिनियाँ राष्ट्रपति सी जिन फिनको भारत भ्रमणका बेला लिम्पियाधुरा, लिपुलेक सडक सन्जाल जोड्ने सहमति भएको थियो । साे समय भारत चीन व्यापारका निम्ति सडक मार्ग जोड्ने उक्त सहमतिको नेपालमा विभिन्न राजनीतिक दलले विरोध गरे जनाए पनी तात्कालिन सरकारले खुलेर त्यसमा आपत्ति जनाएकाे थिए । परराष्ट्रमन्त्री भन्छन नेपालकाे भुभागमा सिमा मिचेर १९ किमि बाटाे बनाएकाे छ भारतले नेपाल सरकारकाे परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली'ले भारतले नेपाली भुभाग मिचेर १९ किमि सडक निर्माण गरेको बताउनुभयाे ।

आइतबार राजधानीमा बसेकाे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले भारतले दार्चुला'को लिपुलेक हुँदै चीनकाे तिब्बत स्थित मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किमि नेपाली भुभाग अतिक्रमण भएकाे जानकारी गराउनु भएकाे हाे । नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि नै भएको बताउँदै त्यस्तै मन्त्री ज्ञवालीले वि'वादित विषय सुगौली सन्धि अ'नुसार नै समाधान हुनु'पर्छ भन्नेमा नेपाल'काे अडान रहेको बताउनु'भयाे । साे स्थानमा भारत'ले नेपाली भुभाग मिचेर सडक निर्माण गरेको जानकारी पाउना साथ दिल्ली स्थित नेपाली दूतावासबाट यसबारेमा विस्तृत जानकारी मगाइ सकेको समेत मन्त्री ज्ञवाली'ले जानकारी दिनु'भयाे । भारतले लिपु'लेक हुँदै तिब्बत जोड्ने सडक'को अवधारणा सन् १९९९ मा बताएकाे बताउँदै मन्त्री ज्ञवालीले भारतले २००५ मा स्वीकृत गरेको सो सडकमार्गको निर्माण कार्य सन् २००८ देखी नै सुरु गरेको उल्लेख गर्नु'भयाे । सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आए पछि भारतले सडक निर्माणमा ब्यापक तीव्रता दिएको थियाे । यसै सन्दर्भमा भारत'काे विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि बिश्व'महा'मारी को'रो'ना भा'इर'सको सं'क्र'मण रोकिए'सँगै परराष्ट्र सचिव स्तरीय वार्ता गर्ने कुरा दोहोऱ्याए'को उल्लेख गर्दै मन्त्री ज्ञवालीले कूटनीतिक तवरबाटै समस्या समाधान गरिने बताउनु'भयाे । हिजाे मात्रै नेकपा अध्यक्षा द्पय प्रम केप शर्मा अाेली तथा पुषपकमल दाहाल प्रचन्डले भारतकाे साे कदमकाे बिराेध जनाउदै । लिखित अापत्ति जनाउदै नेपालकाे साे भुमागमा कुनै पनी भारतिय गतिबित्धि बन्द गर्न अपिल गरेकाे थियाे ।