यसरी जाेखिम माेल्दै पलास्टिक बारकाे साहरामा चिकित्सक ! बुथकाे लागी सम्पर्क गर्नुस सहयाेग गर्छाै : डा. महाबिर पुन


२०७७बैशाख ३० काठमान्डाैं - बिश्वब्यापी महामारी काेराेना भाइरस परिक्षण गर्न बिभिन्न ठाउमा स्वास्थ्यकर्मिहरू सम्भावित जाेखिमबाट बच्नकाे लागी स्वाब लिन पलास्टिकाे बारकाे सहारा लिएकाे समाचारहरू सार्बजनिक भएपछी राष्टिय अाबिस्कार केन्द्रका संस्थापक तथा बैज्ञानिक डा. महाबिर पुन मगरले स्वास्थ्यकर्मीकाे स्वास्थ्य जाेखिम पुति चिन्ता प्रकट गर्दै यदि त्यस्ताे परिस्थिति भएका अावश्यक सुरक्षित काेराेना स्वाब कलेस्कन बुथकाे लागी अाबिस्कार केन्द्रले सहयाेग गर्ने बनाउनुभएकाे छ । डा. पुन लेख्नुहुन्छ : " संसारले के के बनाएर कहाँ पुगी सक्यो अहिले सम्म यस्तो हरिप चालले प्लास्टिकको छेकेबार बनाएर स्वाब संकलन गरेर पनि हुन्छ? तस्बीर आफै बोल्छ, फोटोहरु हेर्नु होस्. पहिलो फोटो कपिलबस्तुको र श्रोत कान्तिपुर हो र तेस्रो फोटोको बुथ राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हो. कोरोना संक्रमणले अति प्रभावित क्षेत्रहरुका स्वाब संकलन गर्ने केन्द्रहरुले तपाईंहरु लाई सम्बन्धित निकायले मदत नगरेको खण्डमा स्वाब संकलन बुथको लागी राष्ट्रिय आविष्कार केन्द्रलाई 9841592361 मा सम्पर्क गर्नु होला.

हाम्रा स्वास्थ्यकर्मीहरुले लाचार भएर प्लास्टिकको छेकबार बनाएर कसरी कोरोना बिरुद्धको लड़ाई लडी रहेका छन् भन्ने एउटा उदाहरण हो यो. यसतै कामको लागी भनेर राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाको स्वाब संकलन गर्ने केन्द्रहरुको लागी भनेर कोरोना बुथ बनाएर बाँडी रहेका छ. यस्तो किसिमको बुथ जो कोहि सिपालु मिस्त्रीहरु अथवा जाँगरिलो ईन्जिनियरहरुले पनि बनाउन सक्छन. राष्ट्रिय आविष्कार केन्द्रले सो कोरोना बुथ बनाउनको लागी चाहिने डिजाइन र सो बनाउन चाहिने आबश्यक सर सामानहरु किन्ने पैसा दिन्छ. आविष्कार केन्द्रले आबश्यकता हेरेर सके सम्म सहयोग गर्ने छ. सम्पर्क गर्नु होस्. धन्यबाद. " नेपालमै बिभिन्न अाबिस्कारमा लागिरहेकाे डा. पुन नेतृत्वकाे रा.अा. के. ले पछिलल्ाे समय नेपालमा काेराेनाकााे लडाइमा समेत बिभिन्न स्वास्थ्य संस्थाहरूलाइ समेत समन्वय तथा ठुलाे सहयाेग गरी रहेकाे छ ।