रुकुम घटनाको पोस्टमार्टम रिपोर्ट यस्ताे अायाे


२०७७ जेठ १६ - जाजरकोट - पछिल्लाे समय सबैकाे ध्यान केन्द्रित रुकुममा भएकाे. बिभत्स घटनामा भेटिएका ५ जनाको शब जाजरकोट अस्पतालमा पोस्टमार्टम पछीकाे रिपाेर्ट सार्वजनिक भएकाे छ । साे पोस्टमार्टम रिपोर्टमा कुटपिट पछि ति युवकहरूकाे ज्यान गएकाे देखिएको चिकित्सकले बताएका छन। मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टम मा संलग्न एक चिकित्सकले कान्तिपुरलाई बताएका हुन । मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन । उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको देहान्त पानीमा डुबेर नभएको देखिने पनि उनले बताएका छन । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ । उता केटी पक्ष बाट भने अाफ्ुहरूले हत्या गरेकाे नभै उनीहरू अाफै ज्यान जाेगाउन भेरीमा हाम फालेकाे बताउछन । साे घटना बारे गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले शुक्रबारदेखि काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रबार मृतक सन्दीप विकको शवसमेत अवलोकन गरेको थियो । यसका साथै समितिले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको छ ।