कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने - विधेयक आइतबार बैठकमा पेस गरिने


२०७७ जेठ १८ - काठमाडौ - शनिबार बेलुकी बसेकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय अबेर सम्म सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरु लाई निर्देशन दिने निर्णय गरेको हाे । शनिबार बसेको केन्द्रीय समितिको बैठकले सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयाे।

यस अगाडी पनी नेपाली कांग्रेसकाे संसदीय दलले पनि भारतले हडपेको भूमि समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने संविधान संशोधनको पक्षमा उभिने निर्णय गरिसकेको थियो। समग्र राष्टिय बिषय भएकाेले भारतले अतिक्रमणम गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको प्रकाश शरण महतले बताउनुभयाे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको यो निर्णय सँगै अब नेपाललाइ संविधान संशोधन हुने बाटाे पक्का पक्की भएको छ। नेपालकाे संविधान संशोधानका लागि संसदको दुई तिहाइ बहुमत पुग्नु पर्ने प्रावत्धान छ ।

अर्को प्रतिपक्ष राप्रपाले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने यस अगाडी निर्णय गरिसकेको छ। तराई-मधेस केन्द्रित जनता समाजवादी पार्टीले भने नागरिकता र प्रदेशको सीमांकन सहितका आफ्ना मागहरु सम्बोधन हुने भएमा मात्र संविधान संशोधनको पक्षमा उभिने अडान राखेका छन यध्यपी कांग्रेसकाे समर्थनले मात्र पनी सरकारलाइ दुइतिहाइ भने पुग्नेछ ।

कांग्रेसको याे निर्णयसँगै निशान छापलाई अध्यावधिक गरिएको नक्सा अनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरिने तालिका तय भएको छ। प्रतिनिधि सभाको बैठक आइतवार बिहान ११ बजे बस्‍ने भएको छ। कांग्रेसले समय मागेपछि गत बुधबार प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयक पेस गर्नबाट सरकार पछि हटेको थियो। कांग्रेसक अर्का नेता गगन थापाले पनि कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय लिएको बताएका छन ।

कालापानीमा भारतकाे चलाखी हेर्नुस :