भारतीय क्‍वारेन्टाइन'मै किरिया बस्‍न बाध्य नेपालीहरू


२०७७ जेठ ५- नेपाल भारतमा चलिरहेकाे लकडाउनका कारण सिमा नाका बन्द हुँदा बैतडीका ४ जना गएको ५ दिनदेखि भारतमै किरिया गर्न बाध्य छन । भारतमा मजदुरी गर्दै आएका उनीहरू नाका बन्द भएकाले घर आउन नसकेपछि भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका हुन । बैतडीको सुर्नया गाउँपालिका ३ का राजेन्द्रप्रसाद भट्ट र ताराका बुवा देवदत्त गत वैशाख ३१ गते बितेका पछी छाेराहरू भारतिय क्वारेन्टिनमै किरिया बसेका हुन । यस गरी सिगास गाउँपालिका ९ का कृष्णसिंह धामीकी श्रीमती कलावती गत वैशाख ३० गते बितेकी थिइन्। कृष्ण पनि स्वदेश फर्कन पाएका छैनन् । उनीहरुले आफूहरुलाई स्वदेश फिर्ताको माग गरिरहेका छन्। यसै गरी पुर्चौडी नगरपालिका ७ का ठगी साँउदकी आमा भुरी पनि यही जेठ १ गते बितेपछि ठगी पनि झुलाघाटमै किरियापुत्री बसेका छन । भारतीय पत्रकार प्रमोद कुमार भट्टका अनुसार हाल उनीहरु झुलाघाटस्थित जिआइसी क्‍वारेन्टाइनमा किरिया गरिरहेका छन । मृत्यु संस्कारमा अाउने नेपालीलाइ नेपाल प्रबेश अनुमती दिने नेपाल सरकारले प्रावधान बताएकाे हुदा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरुलाई नेपालको तर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताएका छन । नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको पौडेलले बताए । उनका अनुसार पिथौरागढको डिएम लाई ४ दिनअघि नै प्रशासनले पत्र काटिसकेका छ , भारतीय पक्ष सहमत हुने बित्तिकै उनीहरुलाई नेपाल भित्र्याउछौं। यस भन्दा अगाडी लकडाउनकै समयमा गत वैशाख १० गते पनि बैतडीका ३ किरियापुत्रीलाई झुलाघाट नाकाबाट नेपालले उद्धार गरिएको थियो।