नेकपामा किचलाे भैरहेकाे बेलामा अचानक चिनियाँ राजदूत र अध्यक्ष दाहाल बीच भेटवार्ता !


२०७७ वैशाख १९ काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा भुपु प्रम पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनिया राजदूत होउ यान्छी बिच आज शिष्टाचार भेट भएकाे छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा को'रोना भा'इरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोग'का बारेमा कुराकानी भएको बताए'काे छ । अध्यक्ष दाहालले प्रचण्डले को'रोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चिनियाँ जनताको उच्च प्रशंसा गर्नु'भएकाे थियाे ।

सो अवसरमा चिनियाँ राजदूतले को'रोना भा'इरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने प्रतिबद्दता ब्यक्त गर्नुभएकाे थियाे । यसै गरी नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि आजै चिनियाँ राजदूतले शिष्टाचार भेट गर्नुभए'को छ । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उहाँ'हरु बीच नेपाल र चीन सम्बन्धमा विविध आयामका बारेमा छलफल भएको थियो । नेकपामा अान्तरिक किचलाे भैरहेकाे सन्दर्भमा चिनिया राजदुत नेकपामा प्रमुख नेताहरूकाे भेटघाटमा स्वयं पुग्नुलाइ महत्वपुर्णा रूपमा हेरिए'काे छ - (रासस)