अाफ्ना नागरिकले काठमाणडाैमा हंगामा मच्चाएपछी चिनिया राजदुतले यसाे भने


२०७७ बैशाख २६ - काठमाडौँ - काठमाडौँ स्थित चिनिया दुतावासले नेपालमा रहेका जुन सुकै चिनियाँ नागरिकले नेपालको संबिधानमा उल्लेखित कानून र नियम कडाइका साथ पालना गर्नुप र्ने जनाएको छ । साथै नियम उलंघन गरे कानुन बमाेजिम सजाय हुने जनाएकाे छ । सिंहदरबार को निषेधित क्षेत्रमा चिनियाले गरेकाे प्रदर्शन तथा प्रहरीसँग'को झडपका क्रममा शुक्रबार अपरान्ह् पक्राउ परेका चिनियाँ नागरिकका सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिदैँ दूताबास'ले साे समस्या समाधान गर्न नेपाल प्रहरी र चिनियाँ दूताबासबीच परामर्श र सहकार्य भएको भैरहेकाे जनाएकाे छ । नेपालमा रहेका चिनियाँ नागरिकले नेपालको कानून र नियमको अधिनमा रही ब्यवहारिक र उचित माग राख्न सक्ने उल्लेख गर्दै यहाँको कानून र नियम अनिवार्य रुपमा पालना गर्न चिनियाँ पक्षले उनीहरुका नागरिकलाई आग्रह गरेका हाे । नेपाल सरकारका विभिन्न निकायसँग को सहकार्यमा चीनले ३४० जनालाइ विशेष विमानबाट चीन लगिसकाे छ तर पछिलल्ाे समय सिमित उडानका कारण धेरै चिनियाँहरु नेपालमा अड्किएको बताइएकाे छ । को'भि'ड १९ को म'हा'मारीको सन्दर्भमा नेपाल सरकारले लागू गरेको लकडाउन'को मापदण्ड पालना गरि सहयोग गर्न, अनावश्यकरुमा बाहिर नजान र रद्ध भएको उडान खुलिन्जेल सम्म धैर्यताका साथ पर्खन उसका नागरिकलाई पटक पटक अनुरोध गरिसकेको पनि दूताबासले स्पष्ट पारेको छ । नेपालले अाउदाे मे महिना'को ३१ तारिक सम्म नियमित अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गर्ने घोषणा गरे सँगै चिनियाँ नागरिकहरुले घर फर्किन अपिल र दबाद दिइरहेका छन । महामारी'को कठिन घडीमा नेपाल र चीनले एक अर्का'लाई बुझी लकडाउन'बाट उत्पन्न समस्या समाधानका संयुक्त रुपमा खाेजिने चिनिया दूताबासले जनाए'काे छ । चिनियाँ लाई घर जान सहयोग गर्ने परराष्ट्र मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, पर्यटन विभाग, अध्यागमन विभाग, भन्सार, नेपाल प्रहरील गायत सबैलाई चिनियाँ दूताबासले आभार ब्यक्त गरेको छ ।