सगरमाथाको उचाई चीन पनी नाप्यो , नेपाल / चीन छलफल पछि वास्तबिक तथ्यांक घोषणा गरिने


२०७७ जेठ १५ - काठमाडौ - छिमेकी मुलुक चीनले बिश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८मि) को उचाई पुन:मापन गरेको छ । प्राविधिकहरूको आठ सदस्यीय आरोहण बुधबार सगरमाथाको चुचुरोमा पुगेर आवश्यक तथ्यांक संकलन गरेको हो। नेपाल र चीनबीचको छलफलपछि मात्रै उचाईको घोषणा मिति तय गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। गत ७२ सालको भूकम्प पछी सगरमाथाको उचाइ घटेको हुन सक्ने छटका टिप्पणी हुन थालेपछि उचाइ मापन कार्यक्रमलाई नेपाल र चीनले बिशेष प्राथमिकतामा राखेका थिए। उचाई मापनकै क्रममा नेपाली टोली पनि गत वर्ष सगरमाथाको चुचुरोमा पुगेको थियो। सिन्ह्वासँग कुराकानीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनेकी छन्, 'हामी पनि लगभग यो प्रक्रियाको अन्त्यमा छौं। हामी चिनियाँ पक्षतर्फ भएको प्रगतिको प्रतीक्षा गरिराखेका छौं।' आपसी छलफलपछि संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई देशको सहमति रहेकाे छ। नेपाल–चीनबीच गत कार्तिक महिनामा भएको सहमति अनुरुप दुवै देशका वैज्ञानिकहरूले आ–आफ्नो सीमा क्षेत्रबाट उचाइ मापनको प्रक्रिया थालेका थिए।